विशेष रिपोर्ट

प्रदेश २ को कृषि मन्त्रालयमा सचिवलाई हाजिर हुन नदिएकोमा एशोसिएशनको आपत्ति

657 Shares काठमाडौँ- प्रदेश २ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले मन्त्रालयको सचिवमा हाजिर हुन आउनु भएका डा.सम्झनाकुमारी काफ्लेलाई रोकेको प्रति नेपाल […]
[sharethis-inline-buttons]
प्रदेश २ को कृषि मन्त्रालयमा सचिवलाई हाजिर हुन नदिएकोमा एशोसिएशनको आपत्ति

काठमाडौँ- प्रदेश २ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहले मन्त्रालयको सचिवमा हाजिर हुन आउनु भएका डा.सम्झनाकुमारी काफ्लेलाई रोकेको प्रति नेपाल भेटनरी एशोसिएशनले आपत्ति जनाएको छ ।

पशुसेवा विभागबाट सरुवा भइ प्रदेश २ को कृषि मन्त्रालयमा हाजिर हुन जाँदा मन्त्री साहले आफ्ना मान्छे लगाएर हाजिर हुनबाट रोक्न लगाएका थिए । मन्त्री साह स्वयंले बाहिरका व्यक्तिहरु लगेर सचिवलाई हाजिर हुनबाट रोकेको त्यहाँका कर्मचारहिरुले आरोप लगाएका छन् ।

गत विहिवार मन्त्रालयमा मन्त्री साहले पठाएका व्यक्तिहरुले त्यहाँका कर्मचारीलाई दुरव्यवहार गर्नुको साथै सचिव काफ्लेको कार्यकक्षमा ताल्चा समेत लगाइएको थियो । मन्त्रालयमा भएको घटनाको छानविनका लागि मन्त्रालयले प्रदेश २ का कृषि राज्यमन्त्री योगेन्द्र राय यादवको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति समेत गठन गरेको छ ।

सहकार्य, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित नेपालको संघियताकै खिलाफ हुने गरी प्रदेश सरकारको गरिमामय पद धारण गरेको व्यक्तिको निर्देशनमा भएका यस्ता अवान्छित गतिविधिप्रति प्रदेश २ सरकार र संघीय सरकार मौन रहँदा संघियता कार्यान्वयनमा जटिलता आउनुका साथै सवै राष्ट्रसेवक कर्मचारीहरुको मनोवलमा नकरात्मक असर पर्ने दावी एशोसिएशनले दावी गरेको  छ।

साभारः रातोपाटी

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर