विशेष रिपोर्ट

उपसभामुखमा रुबी कुमारी ठाकुर निर्वाचित

657 Shares काठमाडौँ— प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबी कुमारी ठाकुर निर्वाचित भएकी छन् । शुक्रबार भएको निर्वाचनमा उनी निर्वाचित भएकी हुन् ।  […]
[sharethis-inline-buttons]
उपसभामुखमा रुबी कुमारी ठाकुर निर्वाचित
657
Shares

काठमाडौँ— प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबी कुमारी ठाकुर निर्वाचित भएकी छन् । शुक्रबार भएको निर्वाचनमा उनी निर्वाचित भएकी हुन् । 

प्रतिनिधि सभामा आज भएको मतदानमा ठाकुरको पक्षमा २२९ मत परेको छ । विपक्षमा ५ मत परेको छ भने तटस्थमा २२ मत परेको छ । मतदानमा २५६ सांसद सहभागी भएका थिए । 

उपसभामुखका दुई प्रतिस्पर्धीमध्ये राप्रपाकी सरस्वती लामाको प्रस्ताव बहुमतले अस्वीकृत भएसँगै ठाकुर निर्वाचित भएकी हुन् । श्रम संस्कृतिकी ठाकुर जेनजी सांसद हुन् । उनी समानुपातितर्फ निर्वाचित भएकी थिइन् । 

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर