विशेष रिपोर्ट

धनुषाबाट ४० हजार घुससहित सशस्त्रका इन्स्पेक्टर पक्राउ

657 Shares धनुषा– धनुषाबाट घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ परेका छन् । शुक्रबार बिहान अख्तियारकाे टोलीले सशस्त्र प्रहरी बेस क्याम्प नक्टाझिजका प्रहरी निरीक्षक […]
[sharethis-inline-buttons]
धनुषाबाट ४० हजार घुससहित सशस्त्रका इन्स्पेक्टर पक्राउ
657
Shares

धनुषा– धनुषाबाट घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ परेका छन् ।

शुक्रबार बिहान अख्तियारकाे टोलीले सशस्त्र प्रहरी बेस क्याम्प नक्टाझिजका प्रहरी निरीक्षक ओकिल अधिकारीलाई लालगढबाट ४० हजार घुससहित नियन्त्रणमा लिएको हो ।

लालगढस्थित आदर्श राष्ट्रिय माध्यमिक विद्यालय अगाडिबाट उनलाई घुससहित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासका प्रमुख राम बहादुर कुरुम्वाङले अन्नपूर्णलाई जानकारी दिए । उनका अनुसार मुचुल्कासहितको आवश्यक प्रक्रिया पूरा गर्ने कार्य भइरहको छ ।

अख्तियार स्रोतका अनुसार कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने र घुस माग्ने गरेको उजुरीको आधारमा अख्तियारको टोलीले निगरानी गर्दै आएको थियो ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर