विशेष रिपोर्ट

स्वावलम्बन लघुवित्तद्वारा धनुषामा दुईदिने बाख्रा पालन तालिम सुरु

657 Shares धनुषा— स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय धारापानी धनुषाले दुईदिने बाख्रा पालन सम्बन्धी तालिम सञ्चालन गरेको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–५, […]
[sharethis-inline-buttons]
स्वावलम्बन लघुवित्तद्वारा धनुषामा दुईदिने बाख्रा पालन तालिम सुरु
Oplus_131072
657
Shares

धनुषा— स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय धारापानी धनुषाले दुईदिने बाख्रा पालन सम्बन्धी तालिम सञ्चालन गरेको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका–५, चिसापानीस्थित त्रिभुवन माध्यमिक विद्यालयको सभाहलमा शाखा प्रबन्धक मणिराज चेम्जोङको अध्यक्षतामा उक्त तालिम सुरु गरिएको हो ।

कार्यक्रममा इलाका प्रबन्धक चन्द्र थापा प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।तालिममा पशु प्राविधिक निर्गुण कुमार महतोले सहजीकरण गरिरहेका छन् ।

स्वावलम्बनसँग आबद्ध ३६ जना सहभागीहरूलाई व्यावहारिक ज्ञान प्रदान गर्ने उद्देश्यसहित तालिम आयोजना गरिएको संस्थाले जनाएको छ ।

कार्यक्रमको सञ्चालन शाखाका लेखा शिवनारायण शाहले गरेका थिए । कार्यक्रममा स्थानीय सरोकारवालासहित विभिन्न व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर