धनुषा— धनुषामा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका–६ ढल्केबरका अन्दाजी २८ वर्षीय इन्द्रदेव महतो रहेको प्रहरीले जनाएको छ ।
आइतबार बर्दिवास–सिन्धुली सडकखण्ड अन्तर्गत पर्ने धनुषाको मिथिला नगरपालिका–११ बाहुनमारामा सिन्धुलीतर्फ जाँदै गरेको मधेश प्रदेश–२–०२–००८ प ८५८३ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको मधेश प्रदेश–२–०२–००३ प ४४७१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मधेश प्रदेश–२–०२–००८ प ८५८३ नम्बरको मोटरसाइकलमा सवार महतोको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रत्यक्षदर्शीले बताए ।



यद्दपि इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक लक्ष्मण केसीका अनुसार अनुसार दुर्घटनामा गम्भीर घाइते महतोलाई उपचारका लागि बर्दिवासस्थित जनसेवा अस्पताल पुर्याइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो ।
दुर्घटनामा अर्का मोटरसाइकल चालक सिन्धुलीको कमलामाई नगरपालिका–४ निवासी ४० वर्षीय सन्तोष कार्की घाइते भएका छन् । उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।










