document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1143;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
एजेन्सी- इन्डियन प्रिमियर लिग (आईपिएल) मा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले सानदार जित निकालेको छ । अबुधाबीमा बुधबार राति भएको खेलमा कप्तान रोहित शर्माले उत्कृष्ट ब्याटिङ गरेपछि मुम्बईले कोलकाता नाइट राइडर्सलाई ४९ रनको सानदार जित निजकालेको हो ।
पहिला ब्याटिङ गर्दै मुम्बईले दिएको १९६ रनको विशाल लक्ष्य पछ्याएको कोलकाताले ९ विकेटको क्षतिमा १४६ रन मात्र बनाउन सक्यो । उसका लागि पाट कमिन्सले सर्वाधिक ३३ रन बनाए भने कप्तान दिनेश कार्तिकले ३० र नितिश रानाले २४ रन बनाए । मुम्बईका लागि जस्प्रित बुमराह, ट्रेन्ट बोल्ट, जेम्स प्याटिन्सन र राहुल चहरले समान २ विकेट लिए ।
कोलकाताले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको मुम्बईले रोहितको अर्धशतकीय योगदान मद्दतमा ५ विकेट गुमाउँदै १९५ रन बनायो । रोहितले ५४ बल खेल्दै ३ चौका र ६ छक्काको मद्दतमा ८० रन बनाए । यस्तै सूर्यकुमार यादवसले २८ बलमा ६चौका र १ छक्का प्रहार गर्दै ४७ रन बनाए । कोलकाताका शिभम मावीले २ विकेट लिए ।
उत्कृष्ट ब्याटिङ गरेका रोहित प्लेयर अफ दी म्याच बने । मुम्बईको यो पहिलो जित हो । यसअघि उद्घाटन खेलमा मुम्बई चेन्नई सुपर किंग्ससँग ५ विकेटले पराजित भएको थियो । कोलकाताको भने यो पहिलो खेल थियो ।









