document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1103;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
कास्की- प्रहरीले ९ वर्षीया बालिकालाई यौन दुर्व्यहार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउपालिका–६ घर भई पोखरा लामाचौर बस्ने ३२ वर्षीय विकास विक रहेका छन् ।
विकले भदौ ३० गते ती बालिकलाई ललाईफकाई एकान्त ठाउँमा लगेर करणीको आशय राखी यौन दुर्व्यहार गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिए ।
पीडित बालिकाले दिएको जाहेरीको आधारमा विकलाई नियन्त्रणमा लिएर बाल यौन दुरुपयोग कसुरमा अनुसन्धान अगाडि बढाइएको एसपी श्रेष्ठले बताए । विकविरुद्ध जिल्ला अदालत कास्कीबाट १० दिन म्याद थप भएको प्रहरीले जनाएको छ ।
साभारः रातोपाटी









