विशेष रिपोर्ट

संरचनासँगै सेवा विस्तार गर्दै गौतम होटल, रिगल बैंक्विट हलको उद्घाटन

657 Shares धनुषा— संरचना तथा सेवाको दायरा विस्तार गर्दै गौतम होटलले अत्याधुनिक सुविधासहितको ‘रिगल बैंक्विट हल’ औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । बुधबार मधेश प्रदेशका […]
[sharethis-inline-buttons]
संरचनासँगै सेवा विस्तार गर्दै गौतम होटल, रिगल बैंक्विट हलको उद्घाटन
657
Shares

धनुषा— संरचना तथा सेवाको दायरा विस्तार गर्दै गौतम होटलले अत्याधुनिक सुविधासहितको ‘रिगल बैंक्विट हल’ औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ ।

बुधबार मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले उद्घाटन गरेसँगै अत्याधुनिक सुविधासहितको ‘रिगल बैंक्विट हल’ औपचारिक रूपमा सञ्चालनमा आएको हो ।

ब्याङ्क्विट हल उद्घाटन गर्दै मुख्यमन्त्री यादवले यो सुविधासम्पन्न होटलले प्रदेशको पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन प्रवद्र्धनमा सरकार सकारात्मक रहेको मुख्यमन्त्री यादवले उल्लेख गरे ।

चारतारे मापडण्डको गौतम होटल बाह्य पर्यटकको पहिलो रोजाइमा पर्दै आएको छ । यस होटलबाट चुरेको मनोरम दृश्यसँगै हिमालको लोभलाग्दो दृश्य पनि सहजै देख्न सकिन्छ ।

गौतम होटलले आगामी दिनमा थप सेवा तथा सुविधाहरू विस्तार गर्दै ग्राहकको विश्वास र सन्तुष्टि कायम राख्ने लक्ष्य लिएको जनाएको छ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर