धनुषा— संरचना तथा सेवाको दायरा विस्तार गर्दै गौतम होटलले अत्याधुनिक सुविधासहितको ‘रिगल बैंक्विट हल’ औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ ।

बुधबार मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले उद्घाटन गरेसँगै अत्याधुनिक सुविधासहितको ‘रिगल बैंक्विट हल’ औपचारिक रूपमा सञ्चालनमा आएको हो ।

ब्याङ्क्विट हल उद्घाटन गर्दै मुख्यमन्त्री यादवले यो सुविधासम्पन्न होटलले प्रदेशको पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन प्रवद्र्धनमा सरकार सकारात्मक रहेको मुख्यमन्त्री यादवले उल्लेख गरे ।

चारतारे मापडण्डको गौतम होटल बाह्य पर्यटकको पहिलो रोजाइमा पर्दै आएको छ । यस होटलबाट चुरेको मनोरम दृश्यसँगै हिमालको लोभलाग्दो दृश्य पनि सहजै देख्न सकिन्छ ।

गौतम होटलले आगामी दिनमा थप सेवा तथा सुविधाहरू विस्तार गर्दै ग्राहकको विश्वास र सन्तुष्टि कायम राख्ने लक्ष्य लिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Skip