विशेष रिपोर्ट

जेनजी आन्दोलन : पूर्वगृहमन्त्री रमेश लेखकमाथि लगाइएको भ्रमण प्रतिबन्ध फुकुवा

657 Shares काठमाडौँ— भाद्र २३ र २४ गतेको घटना सम्बन्धमा गठित जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकमाथि लगाइएको भ्रमण प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ। आयोगको […]
[sharethis-inline-buttons]
जेनजी आन्दोलन : पूर्वगृहमन्त्री रमेश लेखकमाथि लगाइएको भ्रमण प्रतिबन्ध फुकुवा
657
Shares

काठमाडौँ— भाद्र २३ र २४ गतेको घटना सम्बन्धमा गठित जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकमाथि लगाइएको भ्रमण प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ। आयोगको सचिवालयले एक सूचना जारी गर्दै लेखकको विदेश भ्रमण र काठमाडौँ उपत्यका छोड्न नपाउने पूर्व निर्णयलाई हटाएको जानकारी दिएको हो ।

यसअघि अनुसन्धानको सिलसिलामा आयोगले असोज १२ गते लेखकलाई आयोगको अनुमतिबिना उपत्यका बाहिर जान र विदेश भ्रमण गर्न रोक लगाउने निर्णय गरेको थियो। घटनाको छानबिनका क्रममा आवश्यक कार्य सम्पन्न भइसकेकाले उक्त प्रतिबन्ध हटाउने निर्णय भएको आयोगकी शाखा अधिकृत रेश्मा बुढा क्षेत्रीले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ । आयोगले आफ्नो बयान प्रक्रिया सकिएसँगै लेखकमाथिको कानुनी बन्देज खुला गरेको हो ।

यस निर्णयको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय र सम्बन्धित व्यक्ति रमेश लेखकलाई समेत पठाइएको छ। जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको जाँचबुझ गरिरहेको यस आयोगले आजै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि बयानका लागि बोलाउने तयारी गरेको जानकारी दिएको थियो ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर