document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1093;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौँ- पछिल्लो ८ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट ललितपुरका विभिन्न अस्पतालमा चार जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।
ललितपुरको पाटन अस्पतालमा तीन जनाको र मेघा अस्पतालमा एकजनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्वर गेलालले रातोपाटीलाई जानकारी दिए ।
गेलालका अनुसार पाटन अस्पतालमा भदौ २६ गते भर्ना भएका सर्लाहीका ६० वर्षीय पुरुष, भदौ २० गते भर्ना भएकी ललितपुरकी ७५ वर्षीया महिला र भदौ २५ गते भर्ना भएकी ललितपुरकी ६८ वर्षीया महिलाको मृत्यु भएको हो ।
त्यस्तै असोज १ गते मेघा अस्पतालमा भर्ना भएकी भक्तपुरकी ९० वर्षीया महिलाको शनिबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।









