बस्नेत बर्दिबास साँझा समाज काठमाण्डौंका अध्यक्ष समेत छन् । युवाहरुले थालेको सामुदायिक विद्यालय सुधारको कार्य प्रशंसनिय रहेको बताए ।
‘तीन महिनाको प्रगति हेर्दा अदभुत लाग्छ । एक पैसा हातमा नभएर पनि आँटले गर्छु भन्दाको यो सफलता हो,’उनले भने ,‘मैले सानो सहयोग गरेको हुँ । म पनि यो समाज रुपान्तरणको अभियानमा जुट आएको हुँ । समाज दल दलमा विभाजित छन् । तर, समाजिक काममा सबै जनाको एकै स्वर सुनेको देख्दा र सोंचको देख्दा एकदमै खुशी लाग्यो ।’
बालउद्यान निर्माणको स्थलगत अवलोकन तथा सहयोग हस्तान्तरण गर्न पुगेका इन्जिनियर बस्नेतलाई विद्यालय परिवारले दोसल्ला ओढाई अविर लगाएर सम्मान गरेका थिए ।
बालउद्यान निर्माणको ७० प्रतिशत काम सम्पन्न भएको छ । दशैं अगाबै बालउद्यानको निर्माण काम सम्पन्न हुने बताइएको छ । लकडाउने आर्थिक गतिविधी ठप्प रहेको बेला जनसहयोगी युवा सञ्जाल बर्दिबासले मुठ्ठीदान अभियना संचालन गरेर बालउद्यान निर्माण कार्य सुरु गरेका थिए ।