जनकपुरधाम— मधेश प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ ।

प्रदेशको गृह, सञ्चार तथा कानून मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै छठ पर्वको भोलिपल्ट मधेश प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

‘मधेश प्रदेश सरकारद्वारा मिति २०८१ साल चैत २२ गतेको प्रदेश राजपत्रमा प्रकाशित २०८२ सालमा दिइने थप बिदासम्बन्धी सूचना सम्बन्धमा मिति २०८२ साल कात्तिक ११ गते मंगलबारका दिन छठ पर्वको भोलिपल्ट मधेश प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको ब्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,’ जारी सूचनामा भनिएको छ ।​

प्रतिक्रिया

सम्बन्धित खवर

Skip