document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 1026;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं- शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली सेनाको जहाज गुडाउँदै दरबारमार्गस्थित नारायणहिटी संग्राहलय लगिएको छ ।
भीभीआईपी सेक्युरिटीमा पहिला राजसंस्थाले प्रयोग गर्ने नेपाली सेनाको जहाज नारायणहिटी संग्राहलय लगिएको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।
एभ्रो एयर क्राफ्टको जहाज सडकमा गुडाएरै आज रातिसम्म नारायणहिटी संग्रालय पुर्याइने पौडेलले बताए । उनले भने, ‘जहाजको पार्टपुर्जा निकालेर गुडाउँदै लगिएको छ ।’
जहाजलाई पाँच भागमा विभाजन गरेर खोलिएको पौडेलले जानकारी दिए । ‘आउट अफ फेज’ भएको जहाजलाई नारायणहिटी संग्राहलय पुर्याएपछि ‘एसेम्बल’ गरिने पौडेलले बताए ।
गुडाउँदै लैजाने क्रममा तीनकुनेस्थित गैह्रीधाराको मोडमा जहाज ठोक्किएको छ । जहाज ठोक्किएपछि एकछिन सडकमै रोकिएको थियो ।
नारायणहिटी संग्रालयमा राखिने नेपाली सेनाको जहाज घुम्न जाने सर्वसाधारणले हेर्न पाउनेछन् । यो कुनै समय नेपाली सेनासँग भएको सबैभन्दा बढी क्षमता भएको जहाज हो ।









