फुलगेन मगही
ढल्केवर- महोत्तरीको जलेश्वर कारागार कार्यालयले भदौ २४ गते फरार भएका कैदीबन्दीलाई असोज २० गतेभित्र फर्किन अल्टिमेटम दिएको छ ।
कारागार प्रशासनले सोमबार सार्वजनिक सूचना जारी गर्दै तोकिएको म्यादभित्र कारागारमा नफर्किए कानुनी कारबाही हुने चेतावनी दिइएको छ ।
कारागार ऐन, २०७६ तथा अन्य प्रचलित कानुनबमोजिम फरार कैदीबन्दी नफर्किए थप कारबाही हुने कारागार कार्यालयले जनाएको छ । साथै फरार कैदीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कानुनबमोजिम दोषी ठहरिने उल्लेख गरिएको छ ।
कारागार प्रशासक अशोक कुमार क्षेत्रीको हस्ताक्षरमा जारी सूचनामा कैदीबन्दीलाई तोकिएको समयमै फर्कन र सम्बन्धित पक्षलाई सतर्क रहन आग्रह गरिएको छ ।










