काठमाडौँ— कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।

आज (शुक्रबार) बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा सार्वजनिक गरेको परीक्षा नियन्त्रक जयन्ती सत्यालले रातोपाटीलाई जानकारी दिइन् । 

कक्षा १२ को परीक्षा गत वैशाख १४ गतेदेखि भएको थियो ।

परीक्षाको मर्यादा विपरीत कार्य गर्ने कुल ४० जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ। जसमा नियमिततर्फका ३० जना र आंशिकतर्फका १० जना रहेका छन्। 

नतिजा कसरी हेर्ने?
विद्यार्थीहरूले विभिन्न माध्यमबाट आफ्नो नतिजा हेर्न सक्नेछन्:

  • वेबसाइट: राष्ट्रिय परीक्षा बोर्डको [result.neb.gov.np](http://result.neb.gov.np) वा नेपाल टेलिकमको [neb.ntc.net.np](https://neb.ntc.net.np) मा लगइन गरेर।
  • SMS: NEB टाइप गरी स्पेस दिएर सिम्बोल नम्बर राखी १६०० मा म्यासेज पठाएर।
  • IVR/USSD: नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरेर वा *१६०१# बाट।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Skip