विशेष रिपोर्ट

विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान

657 Shares काठमाडौँ— विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले आठ वटा विश्वविद्यालयका निम्ति […]
[sharethis-inline-buttons]
विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान
657
Shares

काठमाडौँ— विभिन्न विश्वविद्यालयमा रिक्त उपकुलपति सिफारिस गर्न गठित समितिले दरखास्त आह्वान गरेको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले आठ वटा विश्वविद्यालयका निम्ति दरखास्त आह्वान गरेको हो ।

समितिले त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि आवेदन माग गरेको हो ।

समितिले ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ‘वेबसाइट’मा राखेको छ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर