धनुषा— नेपाली कांग्रेसका धनुषा क्षेत्र नं ४ का उम्मेदवार महेन्द्र यादवले मान्छेहरुले खाली घन्टी-घन्टी गरिरहेकाे टिप्पणी गरेका छन् । घरदैलोको क्रममा कांग्रेसका पुर्व सहमहामन्त्री समेत रहेका यादवले उम्मेदवार नचिनेका मान्छेहरुले पनि खाली घन्टी-घन्टी गरिरहेकाे टिप्पणी गरेका हुन् ।

‘मान्छेहरुले खाली घन्टी घन्टी गरिरहेका छन् । काे हाे उम्मेदवार थाहा छ कसैलाई? कहिले भेट्छ ? अहिलेसम्म के काम गरेको छ?,’ प्रश्न गर्दै यादवले भने ‘उनलाई भेट्न पनि गारो हुन्छ । हामी त काम गरेको मान्छे हौं । काम गरेकाहरुबाटै गल्ती हुन्छ । उनीहरूले कामै नगरेपछि के गल्ति हुन्छ?’

यादवले यसपटक रूपान्तरित र सच्चिएर आएको कांग्रेसलाई मतदान गर्न आग्रह गरे । कांग्रेसको जीत सुनिश्चित रहेको उनको दावी छ ।

Author

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय