Summary

भारतमा सर्पदंशका कारण हरेक वर्ष करिब ५० हजार मानिसको मृत्यु हुने गरेको सङ्घीय सरकारको तथ्याङ्कले देखाएको छ । यो विश्वभर सर्पदंशबाट हुने मृत्युमध्ये झण्डै आधा हो । केही अध्ययनहरूले त सन् २०००–२०१९ बिच भारतमा करिब १२ लाख मानिसको मृत्यु भएको अनुमान गरेका छन् ।

नयाँ दिल्ली— भारतमा सर्पदंशका कारण हरेक वर्ष करिब ५० हजार मानिसको मृत्यु हुने गरेको सङ्घीय सरकारको तथ्याङ्कले देखाएको छ । यो विश्वभर सर्पदंशबाट हुने मृत्युमध्ये झण्डै आधा हो । केही अध्ययनहरूले त सन् २०००–२०१९ बिच भारतमा करिब १२ लाख मानिसको मृत्यु भएको अनुमान गरेका छन् ।

ग्लोबल स्नेकबाइट टास्कफोर्सको नयाँ प्रतिवेदनले भारतका ९९ प्रतिशत स्वास्थ्यकर्मीले एन्टिभेनम लगाउन कठिनाइ भोगिरहेको जनाएको छ । सर्वेक्षणमा खराब पूर्वाधार, औषधिको अभाव र पर्याप्त तालिम नहुनुलाई मुख्य समस्या देखाइएको छ । उपचारमा ढिलाइ हुँदा धेरै बिरामीको अङ्ग काट्नुपर्ने, शल्यक्रिया गर्नुपर्ने वा आजीवन अपाङ्गता भोग्नुपर्ने अवस्था आएको छ ।

विश्व स्वास्थ्य संगठनले सर्पदंशलाई उच्च प्राथमिकता प्राप्त उपेक्षित उष्णकटिबन्धीय रोग घोषणा गरेको छ । विश्वभर बर्सेनि झन्डै ५४ लाख मानिस सर्पदंशको सिकार हुन्छन् । यसका कारण मृत्यु हुनेको सङ्ख्या १ लाखभन्दा बढी छ ।

भारतमा मध्य र पूर्वी क्षेत्रमा जोखिम बढी रहेको र किसान तथा गरिब आदिवासी समुदाय सबैभन्दा प्रभावित रहेको प्रतिवेदनले बताएको छ । सन् २०२४ मा भारतले सर्पदंशबाट हुने मृत्युलाई सन् २०३० सम्म आधा घटाउने लक्ष्यसहित राष्ट्रिय कार्ययोजना सुरु गरे पनि कार्यान्वयन असमान रहेको विज्ञहरूको भनाइ छ । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Skip