विशेष रिपोर्ट

राष्ट्र बैंकको १८औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

657 Shares काठमाडौं— नेपाल राष्ट्र बैंकको १८औं गभर्नरका रूपमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा.डा. पौडेललाई नियुक्त […]
[sharethis-inline-buttons]
राष्ट्र बैंकको १८औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त
657
Shares

काठमाडौं— नेपाल राष्ट्र बैंकको १८औं गभर्नरका रूपमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा.डा. पौडेललाई नियुक्त गरेपछि राष्ट्र बैंकमा लामो समयदेखि देखिएको गभर्नर अन्योल सकिएको हाे ।

साथै, गभर्नरको विषयलाई लिएर चुलिएको भनिएको सत्ता संकट पनि टरेको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार नै तीनजनाको नाम गभर्नरमा सिफारिस गरेको थियो ।

पौडेलसहित कामु गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस भएको थियो ।

सिफारिस भएका तीन नाममध्ये पहिलो नम्बरमा रहेका पौडेललाई मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गरेको हो ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर