ढल्केवर— प्याब्सन धनुषाको जिल्ला अधिवेशन सम्पन्न भएको छ । शुक्रवार मधेस मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीको प्रमुख आतिथ्यमा उक्त अधिवेशन सम्पन्न भएको हो ।
धनुषाको महेन्द्रनगरमा सम्पन्न अधिवेशनबाट अध्यक्ष र सचिव बाहेक सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा नवल यादवले ७६ मत र सचिवमा नारायण बास्तोलाले ५७ मत ल्याएर निर्वाचित भएका हुन् । अध्यक्षमा नवल यादवको निकट निकटतम प्रतिद्वन्दी संजीवकुमार यादवले ३७ मत प्राप्त गरे भने सचिव पदमा बास्तोलाका निकटतम प्रतिद्वन्दी रामपुकार यादवले ५६ मत प्राप्त गरेका थिए ।
अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष राजकुमार कर्मचारी, उपाध्यक्ष दिवाकर झा, कोषाध्यक्ष श्रवण कुमार महत्व, सहसचिव बिमलेश पासवान तथा सहकोषाध्यक्षमा रामपुकार ठाकुर निर्विरोध निर्वाचित भएका छन् ।
धनुषा जिल्ला भरिमा प्याप्सन आबद्ध जम्मा २०१ संस्थागत विद्यालय छन् । जसमध्ये यस अधिवेशनमा १२८ वटा विद्यालयले भाग लिएका थिए । निर्वाचनमा १२८ मध्ये ११५ मत झरेका थिए भने ११५ मतमध्ये २ मत बदर गएको थियो । निर्वाचन कमिटीको जिम्मेवारी केन्द्रीय सदस्य नरेन्द्र शर्मा, प्याब्सन मधेस प्रदेश उपाध्यक्ष जगदीश प्रसाद सिंह र प्रदेश प्याब्सन सचिव गणेश कुमार शाहले पाएका थिए ।
कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मण्डल तथा प्याब्सन केन्द्रीय कमिटीका उपाध्यक्ष टिआर ढकाल तथा महासचिव आर.बी. कटवाललगायतका अतिथिहरुको रहेको थियो ।
अधिवेशनको खुलासत्र पौष ६ गते जनकपुरको सेभेन स्टार होटलमा सम्पन्न भएको थियो जसमा सहमति नभएपछि निर्वाचनको लागि १२ गतेको समय तोकिएको थियो ।








