विशेष रिपोर्ट

एनपीएल : जनकपुर सामु निरीह बन्यो शिखर धवन आवद्ध कर्णाली

657 Shares काठमाडौं— कप्तान अनिल शाहले अर्धशतक प्रहार गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित हात पारेको छ । जनकपुरको यो […]
[sharethis-inline-buttons]
एनपीएल : जनकपुर सामु निरीह बन्यो शिखर धवन आवद्ध कर्णाली
657
Shares

काठमाडौं— कप्तान अनिल शाहले अर्धशतक प्रहार गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित हात पारेको छ । जनकपुरको यो जितसँगै शिखर धवन आवद्ध कर्णाली याक्स स्तब्ध बनेका छन् ।

अनिलको अविजित ६२ रन मदतमा जनकपुरले कर्णाली याक्सले दिएको १४२ रनको लक्ष्य १५.१ ओभरमै २ विकेट गुमाएर पूरा गरेको हो । ओपनर अनिलले ४२ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गरे ।

अनिलले मार्की खेलाडी आसिफ शेखसँग पहिलो विकेटका लागि ८४ रनको साझेदारी गर्दै जितको आधार तयार गरेका थिए । आसिफले २९ बल खेल्दै २ चौका र २ छक्का मदतमा ३६ रन जोडे ।

दोस्रो विकेटका लागि अनिल र लाहिरु मिलान्थाले ३३ रनको साझेदारी गरे । अघिल्लो खेलमा विराटनगर विरुद्ध अर्धतशक बनाएका मिलान्थाले १३ बलमा २ चौका र २ चौका प्रहार गर्दै २४ रन बनाए ।

जिम् नीशमले अविजित १६ रन योगदान गरे । ८ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे ।

कर्णालीका मौसम ढकाल र निशान मक्सुदले समान १ विकेट लिए ।

त्यसअघि कर्णाली याक्सका गुल्सन, अर्जुन र सोमपालको आक्रामक ब्याटिङमा जनकपुरलाई १४२ रनको लक्ष्य दिएको थियो ।

कर्णालीका गुल्सनले सर्वाधिक ३६ रन बनाए । अर्जुन घर्तीले ३३ रन बनाउँदा कप्तान सोमपाल कामीले अविजित २९ रन जोडे ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर