विशेष रिपोर्ट

नेपाल यु-१९ महिला विश्‍वकपमा छनोट, युएई स्तब्ध

657 Shares काठमाडौं— नेपाल आइसिसी महिला यु-१९ ट्वान्टी-२० विश्वकपमा छनोट भएको छ । एसिया छनोटमा आयोजक युएईलाई हराउँदै नेपालले विश्वकपमा स्थान बनाएको हो । युएईले दिएको […]
[sharethis-inline-buttons]
नेपाल यु-१९ महिला विश्‍वकपमा छनोट, युएई स्तब्ध
657
Shares

काठमाडौं— नेपाल आइसिसी महिला यु-१९ ट्वान्टी-२० विश्वकपमा छनोट भएको छ । एसिया छनोटमा आयोजक युएईलाई हराउँदै नेपालले विश्वकपमा स्थान बनाएको हो ।

युएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४.४ ओभरमा जितेको थियो। नेपालका लागि सना प्रविनले अविजित ३५ रन बनाइन् । त्यस्तै कप्तान पूजा महतोले १८ बलमा २१ रन बनाइन् । त्यस्तै साबित्री धामीले १२ रन बनाउँदा सोनी पाख्रिनले अविजित १३ रन बनाइन् ।

यसअघि युएईले टस जितेर निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ८३ रन बनाएको थियो । युएईलाई ८३ रनमै रोक्न कृष्मा गुरुङले ४ विकेट लिए । त्यस्तै रिया शर्मा र सीमा केसीले दुई-दुई र रचना कुमारी चौधरीले एक विकेट लिए ।

त्यस्तै युएईका लागि समैराले सर्वाधिक ३१ रन बनाइन् । त्यस्तै रिनिथाले २०, लभन्याले १० र इन्धुजाले १० रन बनाए । 

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर