विशेष रिपोर्ट

इजरायलमा प्रधानमन्त्री नेतन्याहुविरुद्ध उग्र विरोध प्रदर्शन

657 Shares तेल अभिभ— इजरायलमा बेन्जामिन नेतन्याहु सरकारको विरुद्धमा प्रदर्शन भइरहेको छ। हजारौँ मानिस सडकमा उत्रिएका छन् । हातमा इजरायली झण्डा बोकेर तेल अभिभ, जेरुसेलम […]
[sharethis-inline-buttons]
इजरायलमा प्रधानमन्त्री नेतन्याहुविरुद्ध उग्र विरोध प्रदर्शन
657
Shares

तेल अभिभ— इजरायलमा बेन्जामिन नेतन्याहु सरकारको विरुद्धमा प्रदर्शन भइरहेको छ। हजारौँ मानिस सडकमा उत्रिएका छन् ।

हातमा इजरायली झण्डा बोकेर तेल अभिभ, जेरुसेलम र अन्य धेरै सहरहरूमा प्रदर्शनकारीहरू निस्किएका थिए। प्रधानमन्त्री नेतन्याहु र उनको सरकारले बन्धकहरूको रिहाइका लागि हमाससँग सम्झौता गर्न धेरै काम नगरेको उनीहरूको आरोप छ। गत वर्ष अक्टोबर ७ मा इजरायलमा हमासले आक्रमण गरेपछि गाजामा सयौँ मानिसलाई बन्धक बनाइएको थियो ।

आइतबार शान्तिपूर्ण रूपमा आन्दोलन सुरु भएको थियो । तर भीडले पछि पुलिस अवरोधहरू तोड्यो र तेल अभिभका प्रमुख राजमार्गहरू अवरुद्ध पारेका थिए। आन्दोलनकारीले टायर पनि जलाए ।

इजरायलको ट्रेड युनियनले सोमबार देशव्यापी हडतालको घोषणा गरेको छ । बन्धकहरूको रिहाइका लागि सरकारले जतिसक्दो चाँडो हमाससँग सम्झौता गर्नुपर्ने उनीहरूको माग छ ।

इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले शनिबार दक्षिणी गाजाको रफाहमा सुरुङमा छवटा शव फेला पारेको बताएको थियो। शनिबार आइडीएफ उनीहरूसम्म पुग्नुअघि नै बन्धकहरूलाई मारिएको उनीहरूको भनाई छ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर