विशेष रिपोर्ट

घट्यो पेट्रोलियम पदार्थको मूल्य

657 Shares ढल्केवर— नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टितेल र डिजेलमा […]
[sharethis-inline-buttons]
घट्यो पेट्रोलियम पदार्थको मूल्य
657
Shares

ढल्केवर— नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टितेल र डिजेलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जनाएको छ ।

आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ तथा अन्तराष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोमिटर ३७ डलर मूल्य घटाइएको छ । खाना पकाउने एलपी ग्यासको मुल्य भने यथावत नै छ ।

नयाँ मूल्यअनुसार पेट्रोलको मुल्य अब काठमाडौं, पोखरा र दिपालय क्षेत्रमा लिटरको १६३ रुपैयाँ पर्छ । सुर्खेत र दाङ क्षेत्रमा १६२ र अरु क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्ने छ ।

यस्तै पेट्रोल र मट्टितेलको मुल्य काठमाडौं र दिपायल क्षेत्रमा लिटरको १५४ रुपैयाँ पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा १५३ रुपैयाँ र अरु क्षेत्रमा १५१ रुपैयाँ ५० पैसा पर्नेछ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर