काठमाडाैं— शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा मन्त्रालय सबै पाठ्यक्रमहरूलाई परिमार्जन गर्नेगरी अगाडी बढेको बताएकी छिन् ।

बिहीबार ललितपुरमा आयोजित ‘नेशनल सेमिनार अन एजुकेशन एण्ड इम्प्लइमेन्ट लिङ्केज’ मा बोल्दै मन्त्री भट्टराईले विश्व बजारमा प्रतिष्पर्धी जनशक्ति तयार गर्नका लागि सबै तहमा पाठ्यक्रम परिमार्जन गर्नुपर्ने बताएकी हुन् । उनले पाठ्यक्रम परिमार्जनका लागि मन्त्रालय लागि परेको बताउँदै उनले राष्ट्रलाई योगदान दिनसक्ने जनशक्ति तयार गर्नेगरी पाठ्यक्रम बनाउनुपर्नेमा जोड दिइन् । 

‘अब शिक्षा मन्त्रालयले हाम्रो पाठ्यक्रमलाई पूरै परिमार्जन गर्नुपर्छ चाहे त्यो जनरल एजुकेशनको होस् । चाहे त्यो साइन्सको होस्, चाहे टेक्नीकल एजुकेशनको होस् । सबै पाठ्यक्रमहरूलाई परिमार्जन गर्नुपर्छ भन्ने हिसाबले नै हामी अगाडी बढेका छौँ,’ साथै, उनले पाठ्यक्रममा उद्यमशिलतामा काम गरिरहेको हाम्रो पंक्तिलाई कसरी जोड्ने ? भन्दै प्रश्न गरिन् ।

‘सीटीईभीटीलाई हामीले पुनःसंरचना गर्नुपर्छ । ०४५ सालको आवश्यकता आज ०८१ सालसम्म आइपुग्दा त्यही संस्थागत मूल्य, त्यही नीति । जसलाई अहिले पनि हामीले ऐनलाई खास संशोधन गरेका छैनौँ। नयाँ ढंगले निर्माण गरेका छैनौँ । त्यही नीतिबाट मार्गदर्शिक छौँ । म आएपछि सीटीईभीटीलाई पुनःसंरचना गर्ने सोचेँ,’ मन्त्री भट्टराईले भनिन्, ‘सीटीईभीटीलाई अहिलेको अवस्थामा यसको पाठ्यक्रम र पुनःसंरचनाको लागि दुईवटा टिम बनाएर हामीले जिम्मेवारी दिएका छौँ । पाठ्यक्रममा उद्यमशिलतामा काम गरिरहेको हाम्रो पंक्तिलाई कसरी जोड्ने ?’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय