काठमाडौँ— सरकारले एनसेलको अनुमतिपत्र नवीकरण गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले चार किस्तामा बुझाउन सक्ने सुविधासहित एनसेलको अनुमतिपत्र नवीकरण गर्ने निर्णय गरेको हो ।
एक मन्त्रीका अनुसार अब १० प्रतिशत ब्याज बुझाउने सर्त राखिएको छ ।