काठमाडौं— नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान तथा लेग स्पिनर सन्दीप लामिछानेको बलात्कार मुद्दाको पुनरावलोकनले प्राथमिक्ता पाएपनि हेर्न नमिल्नेमा परेको छ ।

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार उच्च अदालतले पेसी पहिलो नम्बरमै राखेको थियो । उच्चका मुख्य न्यायाधीश नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलामा मुद्दाको सुनुवाइ तोकिएको भएपनि मुद्दा हेर्न नमिल्नेमा परेको हो ।

अघिल्लो पेसीमा न्यायाधीश धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासमा मुद्दालाई प्राथमिकतामा राख्न आदेश दिएका थिए। त्यसैबमोजिम मुद्दाले अग्राधिकार पाएको थियो ।

हेर्न निमल्ने कारण सार्वजानिक नभएपनि सन्दीपका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले मुद्दा हेर्न नमिल्नेमा परेको बताए ।

अब मुद्दा कम्तीमा अर्को साताका लागि सरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय