ढल्केवर— नेपाल विद्युत प्राधिकरणको ठुलो सबस्टेशन रहेको धनुषाको ढल्केवर क्षेत्रमा भइरहेको विद्युत लोडसेटिङ्गप्रति उद्योगीहरुले आपत्ती जनाएका छन् । उद्योगीहरुको संगठन मधेस प्रदेश उद्योग परिसंघले मंगलवार नेपाल विद्युत प्राधिकरणको ढल्केवर ग्रीड शाखालाई ज्ञापनपत्र बुझाउँदै विगतमा प्राधिकरणले गरेको सहर्मात कार्यान्वयन गर्न अनुरोध गरेको छ ।

प्राधिकरणले ढल्केबरक्षेत्र भित्र पब्लिक र औद्योगिकका लागि बिद्युत लोडसेटिङ्ग नपर्ने र कटौती नहुने गरी सहमति गरेको विगत छ । तर उक्त सहमतिलाई लत्याएर हाल ढल्केवर क्षेत्रभित्र पब्लिक र उद्योग संचालनको विद्युत र्पान दैनिक १२ घण्टासम्म लोड सेटिङ्गमा राखिदा यहाँका जनता र उद्योगी मार्कामा परेको ज्ञापनपत्रमा उल्लेख छ । प्राधिकरण आफैले गरेको सहर्मात उलङ्गघन नगरी ढल्केवरमा विद्युत नकाट्ने नीति यथा अवस्था गरी दिन उनीहरुले अनुरोध गरेका छन् ।
ढल्केवर क्षेत्रमा विद्युत कटौती नगर्ने सहमति कार्यान्वय नगरे आन्दोलनको चेतवानी दिँदै उद्योगीहरुले प्राधिकरणलाई सचेत गराएको छ ।

यता ज्ञापनपत्र बुझ्दै नेपाल विद्युत प्राधिकरण ढल्केवर ग्रीड शाखा प्रमुख इन्जिनियर मनोज साहले विद्युत अपग्रेड गर्ने कार्य चलेकोले केही समयका लागि बाध्यतावस विद्युत काट्नुपरेको उल्लेख गरे । ‘अपग्रेड कार्य सकिए पछि यो समस्या स्वतः हट्छ । तर पनि तत्काल पब्लिक तथा उद्योगीहरुको समस्या हेरी तालिका बनाउँछौं,’ उनले भने । प्रमुख साहले ढल्केवर फिडरमा विद्युत नकाट्ने विषयमा माथिल्लो कार्यालयसँग छलफल गर्ने प्रतिबद्धता समेत जनाएको परिसंघका कार्यकारी निर्देशक दिपक लामाले बताए ।

ज्ञापनपत्र बुझाउने क्रममा मधेश प्रदेश उद्योग परिसघका अध्यक्ष प्रमोद कुमार साह, उपाध्यक्ष लक्ष्मीनारायण यादव, उद्योगी उमेश साहलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय