पर्थ— अष्ट्रेलियामा एक बेलायती युवकको मृत्यु भएको छ । मगनीको खुसीयाली मनाइरहेको बेलामा लडेपछि उनको मृत्यु भएको हो । २९ वर्षका लियाम ट्रिमर प्रहरी अधिकारी बन्नका लागि अष्ट्रेलिया आएका थिए ।

आइतबार पश्चिम अष्ट्रेलियास्थित घरमा सो दुर्घटना भएको बताइएको छ । लडेर घाँटीको क्यारोटिड धमनी काटिएको थियो । यो धमनी मस्तिष्कमा रगत पुर्‍याउने मुख्य नसा हो । आफन्त र साथीभाइहरूले उनलाई बचाउने अथक प्रयास गरे । तर कसैको केही सिप लागेन । एम्बुलेन्स आइपुग्नु केही बेर अघि उनको मृत्यु भयो ।

उनी वरिष्ठ हलवदार थिए । उनी कसरी लडे भन्नेबारे प्रहरीले थप विवरण दिएको छैन । ट्रिमर सन् २०१३ मा प्रहरीमा भर्ती हुन बेलायतबाट अष्ट्रेलिया बसाई सरेर आएका थिए । 

सन् २०१७ मा एकेडेमी तालिम पूरा गरेपछि उनी पूर्वी पर्थबाट करिब ६०० किमी पर रहेको कालगूरिल आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय