धनुषा— नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिको वडामा लोकतान्त्रिक समाजवादी पार्टी विजयी भएको छ । 

निधिको घर रहेको धनुषाको नगराइन नगरपालिका वडा नं. २ मा कांग्रेसलाई पराजित गर्दै लोसपाका बुलन यादव वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले ८ मत अन्तरले कांग्रेसका उम्मेदवार देवनारयाण यदावलाई पराजित गरेका हुन् ।

बुलनले ७४७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी देवनारायणले ७४१ मत पाएका छन् । पराजित भएका देवनारायण निवर्तमान वडाध्यक्ष हुन् । 

नेता निधिले सोही वडामा मतदान गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय