document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 5312;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
एजेन्सी— विश्व स्वास्थ्य संगठन डब्लुएचओले कोरोना भाइरसको नयाँ प्रजाति ओमिक्रोनबाट अझै धेरै खतरा रहेको औल्याएको छ ।
बुधबार डब्लुएचओले गएको हप्ता विश्वव्यापी रुपमा कोरोना संक्रमण बढेको तथ्यांक प्रस्तुत गर्दै खतरा औल्याएको हो ।
डब्लुएचओलेले पछिल्लो अवस्थाबारे जानकारी दिदै विश्वका धेरै देशहरुमा कोरोना संक्रमणमा वृद्धि भएको उल्लेख गरेको छ । यसअघिको डेल्टा प्रजातिलाई उछिन्दै ओमिक्रन संयुक्त राज्य अमेरिका, बेलायतलगायतका देशहरुमा वृद्धि भएको जनाएको छ ।
पछिल्लो समय यूरोपका फ्रान्स, बेलायत, इटाली, ग्रीस, पोर्चुगलमा दैनिक कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गरेपछि डब्लुएचओको धारणा आएको हो । फ्रान्समा मात्र गएको २४ घन्टामा एक लाख ८० हजार संक्रमित थपिएका छन् ।
भारत, थाइल्यान्डलगायत देशहरुमा पनि कोरोना संक्रमित संख्यामा वृद्धि भएको छ । कोरोना भाइरसको तेस्रो लहरका रुपमा भारतमा सतर्कता अपनाइएको छ । दिल्लीमा शैक्षिक संघसंस्था बन्द घोषणा गरिएका छन् ।










