document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 5009;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
एजेन्सी— एक व्यक्ति अमेरिकी एयरलाइन्सको एउटा विमानको ल्यान्डिङ गियरमा बसेर ग्वोमालाबाट अमेरिकाको मियामी पुगेका छन् ।
शनिबार मियामीमा विमान अवतरण गरेपछि ती व्यक्ति विमानको ल्यान्डिङ गियरमा फेला परेका थिए । अमेरिकी एयरलाइन्सको उडान नम्बर ११८२ को विमानको ल्यान्डिङ गियरमा बसेर ती व्यक्ति मियामी पुगेका थिए ।
२६ वर्षका ती व्यक्तिलाई तत्कालै अमेरिकी प्रहरीले नियन्त्रणमा लिएको थियो । ग्वाटेमालाबाट मियामीसम्म करिव साढे दुई घन्टा उनी गियरमा नै बसेका थिए । त्यति लामो यात्रामा उनी जीवितै फेला पर्नु दुर्लभ घटना भएको अधिकारीहरुले बताएका छन् ।
निकै त्रसित मुद्रामा देखिएका उनलाई विमानस्थलबाट सीधै अस्पताल लगिएको थियो । उनी लुकेर अमेरिका प्रवेश गरेको विषयमा सीमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
अमेरिकाको संघीय उड्यन प्रशासनअनुसार सन् १९४७ देखि विभिन्न उडानमा विमानका पाङ्ग्रा वा ल्यान्डिङ गियरमा बसेर अमेरिका जाने क्रममा अहिलेसम्म १०० जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् । न्युज कारखाना










