document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 4941;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं— पार्टी विभाजनसँगै नेकपा एमालेले केन्द्रदेखि चारवटै प्रदेश सरकारको नेतृत्व गुमाएको छ । पार्टी विभाजित भएसँगै चारवटा प्रदेशमा एमालेले आफ्नो नेतृत्वको सरकार गुमाएको हो ।
एमालेसँग विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीका कारण प्रदेश सरकारमा शून्यमा झरेको छ ।
तत्कालीन नेकपा हुँदा बहुमतको सरकार गठन गरेको एमालेले नेकपा र एमाले विभाजित भएसँगै प्रदेश सरकार नेतृत्वको सरकार गुमाएको छ । सोमबार प्रदेश–१ का मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिएसँगै एमाले सबै प्रदेशको सत्ताबाट बाहिरिएको छ ।
प्रदेश–१, वागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीसहित सत्ता सम्हालेको एमाले अहिले शून्यको अवस्थामा छ । एमालेबाट अगल भएर माधवकुमार नेपालको नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएसँगै प्रदेश–१, वागमती र लुम्बिनीमा एकल बहुमतमा रहेको एमाले सत्ताबाट पनि बाहिरिएको हो ।
गण्डकी प्रदेशमा भने तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी फुटेपछि माओवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीले साथ छाड्दा एमालेले सत्ता गुमाएको थियो ।
अल्पमतमा परेपछि यसअघि नै वागमतीका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका थिए । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।










