विशेष रिपोर्ट

भारतविरुद्धको खेलका लागि पाकिस्तानको टोली घोषणा

657 Shares एजेन्सी— भारतविरुद्ध आइतबार हुने टी–२० विश्वकप अन्तरगतका लागि पाकिस्तानले आफ्नो टोलीको घोषणा गरेका छन् । पाकिस्तानले बाबर आजमको कप्तानीमा १२ खेलाडीहरूको घोषणा गरेको […]
[sharethis-inline-buttons]
भारतविरुद्धको खेलका लागि पाकिस्तानको टोली घोषणा

एजेन्सी— भारतविरुद्ध आइतबार हुने टी–२० विश्वकप अन्तरगतका लागि पाकिस्तानले आफ्नो टोलीको घोषणा गरेका छन् ।

पाकिस्तानले बाबर आजमको कप्तानीमा १२ खेलाडीहरूको घोषणा गरेको हो ।

टोलीमा आजमसहित मोहम्मद रिजवान, फखर जमान, मोहम्मद हफीज, शोएब मलिक, आसिफ अली, इमाद वसीम, शादाब खान, शाहीन अफ्रिदी, हसन अली, हरीस रऊफ र हैदर अली रहेका छन् । सुपर १२ राउन्डमा दुई टोलीका यो पहिलो खेल हुनेछ ।

हालसम्म दुई टोलीबीच टी–२० का ५ खेल खेलिएका छन् जसमा सबैमा भारत विजयी भएको छ । भारत विराट कोहलीको कप्तानीमा मैदानमा उत्रनेछ ।

भारतले भोलि मात्र टोलीको घोषणा गर्ने बताइएको छ । यो विराट कोहलीको कप्तानीमा खेलिने अन्तिम टी–२० प्रतियोगिता हुनेछ । महेन्द्र सिंह घोनीका मेन्टर रहेका छन् ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर