विशेष रिपोर्ट

आईपीएल क्रिकेट : दिल्लीलाई हराउँदै कोलकाता फाइनलमा

657 Shares काठमाडौं— कोलकत्ता नाइट राइडर्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको  फाइनलमा प्रवेश गरेको छ । यूएईको सारजाहमा गएराति भएको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले […]
[sharethis-inline-buttons]
आईपीएल क्रिकेट : दिल्लीलाई हराउँदै कोलकाता फाइनलमा

काठमाडौं— कोलकत्ता नाइट राइडर्स इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको  फाइनलमा प्रवेश गरेको छ ।

यूएईको सारजाहमा गएराति भएको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै कोलकाता फाइनलमा पुगेको हो ।

दिल्लीले दिएको १ सय ३६ रनको लक्ष्य कोलकाताले १९ ओभर ५ बलमा ७  विकेट गुमाएर पूरा गर्यो ।

कोलकाताको जितमा भेन्कातेस एयरले ५५ रनको अर्धशतकीय इनिङ्ग्स खेले ।

यस्तै सुबमन गिलले ४६ रन जोड्दा नितिश रानाले १३ रन बनाए ।

यस अघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो ।

अब फाइनलमा कोलकाताले चेन्नई सुपर किङ्ग्ससँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

अझै कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

प्रतिक्रिया व्यक्त गर्नुहोस्

सम्बन्धित खबर