document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 4753;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं— सधैँ राजनीतिक भेटघाटमा व्यस्त हुने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार भने खेलाडीलाई फुटबल खेल जित्न हौस्याइरहेका थिए ।
सधैँ राजनीतिक भेटघाटमा व्यस्त हुने ओलीले १७ भदौमा हुने नेपाल-भारत मैत्रीपूर्ण फुटबल प्रतियोगिताका नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई हौस्याए । उनले खेलाडीसँग कुनै राजनीतिक कुरासमेत गरेनन् ।
काठमाडौंमा आयोजित कार्यक्रममा फुटबल खेलाडीलाई नेपालमा राम्रो अभ्यास र तालिम नभए पनि खेलाडीलाई हौसला दिन उनले कुनै कन्जुस्याइँ गरेनन् । एमाले अध्यक्ष ओलीले नेपालका खेलाडी तुलनात्मक रूपमा अग्ला नभए पनि मसल दह्रो भएकाले खेल जित्ने दाबी गरे ।
‘खेल्न नसकेर नजित्ने कारण छैन । हाम्रा खेलाडीको सरदर हाइट कम छ’, उनले भने, ‘तैपनि हाम्रा मसल दह्रो भएकाले खेल जित्छौँ । यस मैदानमा जित्नका लागि आएका छौँ भनेर खेल खेल्ने हो ।’ उनले फुटबल खेल जितेर अन्य खेलको असुल उपर गर्न खेलाडीलाई आग्रह गरे ।
उनले खेलाडीलाई हरेस नखान र मनोबल उच्च राख्न आग्रहसमेत गरे ।
उनले फुटबल खेल म्याराथन जस्तो नभएको समेत स्पष्ट पारे । ‘यो खेलमा लगातार कुद्नुपर्दैन । एउटा पोस्टबाट अर्को पोस्टको लम्बाइ ८० मिटर । त्यो ८० मिटर कुद्नुपर्दैन’, उनले भने, ‘फुटबलमा रिले दौड जस्तै सय मिटर खुर्र कुद्न सक्नुपर्छ अनि खेलको बीचमा आराम गर्नुपर्छ । अनावश्यक दौडिएर हुँदैन । एकअर्कालाई पास दिएर खेल्नुपर्छ ।’
उनले अलिकति डिफेन्सिभ भए पनि हरेस नखान खेलाडीलाई आग्रह गरे । उनले हाफ टाइमभन्दा अगाडि अर्काले खुरुखुरु चार गोल गरे पनि हाफ टाइमपछि बाँकी रहेको समममा पाँच गोल हान्न आग्रह गरे । ‘हाफ टाइमभन्दा पछि आफ्नो तेज देखाउनुहोस्’, उनले भने, ‘भरसक विपक्षीले भन्दा अगाडि हामीले पहिलो गोल गर्नुपर्छ अनि विपक्षीको मनोबल अलिक कमजोर हुन्छ । ’
उनले दोस्रो गोल आफूलाई सुरक्षित राख्नका लागि हान्न आग्रह गरे । उनले दुई गोल गरे विपक्षीले हरेस खाने र जित्न सकिने बताए । उनले विपक्षीलाई गोल गर्न मौका नदिनुपर्ने पनि उल्लेख गरे ।
न्युज कारखाना










