document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 4688;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं— कोरोना परीक्षणका लागि अस्पताल गएर फर्कने क्रममा एक अभियुक्त भागेका छन् ।
जबर्जस्ती करणी मुद्दाका अभियुक्त विनोद परियार शुक्रबार दिउँसो प्रहरीको गाडीबाट हाम फालेर भागेका हुन् ।
महानगरीय प्रहरी वृत्त जनसेवाले उनलाई पिसिआर परीक्षणका लागि वीर अस्पताल लगेको थियो । अस्पतालबाट फर्कने क्रममा न्युरोडमा उनी भागेका हुन् ।
प्रहरीको गाडी जाममा परेको वेला उनी गाडीबाट हाम फालेर भागेको र उनको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए ।
उनलाई अस्पताल लैजाने जिम्मेवारी पाएका प्रहरीमाथि समेत छानबिन सुरु गरिएको काठमाडौं परिसरले जनाएको छ ।










