document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 4555;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
एजेन्सी— लियोनेल मेस्सीले बार्सिलोना छाडेर जाने खबरले केही दिन अघि पुरै विश्वलाई आश्चर्यचकित बनायो ।
नयाँ करार सम्झौता गर्ने पूर्वसहमति भए पनि क्लबको आर्थिक अवस्थाका कारण मेस्सीले क्लब छाड्न परेको बताइएको छ ।
क्लबबाट बिदा हुन अघि आइतबार मेस्सीले पत्रकार सम्मेलनको आयोजना गरेका छन् । सम्मेलनमा मेस्सी शुरुदेखि नै भावुक देखिएका थिए । सभाहलमा प्रवेश गर्ने बित्तिकै रोएका मेस्सी आफ्ना कुरा राख्दा आँशु रोक्ने प्रयासमा थिए ।
‘हामी यहीँ बस्ने छौँ भन्नेमा ढुक्क थियौँ । म, मेरो परिवारलाई बार्सिलोनामा रहनेछौँ,’ उनले भने, ‘तर अब सबैलाई गुडबाई गर्नुपर्ने भएको छ ।’
२१ वर्ष क्लबमा रहँदा आफूले धेरै कुरा पाएको बताउँदै उनले आफ्ना सबै समकक्षीहरुलाई धन्यवाद दिए । ‘सत्य यो हो कि म छाडेर जाँदैछु,’ मेस्सीले भने, ‘यसरी बिदा हुनुपर्छ भनेर मैले सोचैकै थिइनँ ।’










