document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 4534;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
ढल्केवर— धनुषाको मिथिला नगरपालिकामा नगरस्तरिय फुटबल प्रतियोगिता शुरु भएको छ ।
मिथिला नगरपालिका वडा नं. २ नक्टाझिजस्थित हिमालय युवा क्लवको आयोजनामा शनिबारदेखि नगरस्तरिय फुटबल प्रतियोगिता शुरु भएको छ ।
शनिबार भएको उद्घाटन खेलमा हिमालय युवा क्लव नक्टाझिज ‘बी’ टिम र हनुमान युवा क्लव बटेश्वरबीच प्रतिस्पर्धा भएको छ । जसमा हिमालय युवा क्लवले हनुमान युवा क्लवलाई ०-८ गोलले पराजित गरेको छ । आजको खेलमा बिक्की ३ गोल गरेका थिए । सो प्रतियोगितामा जम्मा ८ वटा फुटबल टिमको सहभागिता रहेको आयोजक हिमालय युवा क्लवले जनाएको छ ।
प्रतियोगितामा हिमालय युवा क्लव नक्टाझिज ‘ए’ र ‘बी’ टिम, हनुमान युवा क्लव बटेश्वर, किसानपुर फुटबल टिम, श्री जनता युवा क्लव हरिहरपुर, बुद्धि युथ क्लव मगर टोल, रतनपुर फुटबल टिम र ढल्केवर फुटबल टिमको सहभागिता रहेको छ ।
प्रतियोगिता अन्तर्गत साउन २४ गते आज दोस्रो दिन हिमालय युवा क्लव ‘ए’ टिम र धनुषाधाम नगरपालिकाको किसानपुरबीच खेल हुनेछ । आजको खेल ३ बजेपछि सुरु हुने बताइएको छ । २५ गते श्री जनता युवा क्लव हरिहरपुर र बुद्धि युथ क्लव मगरटोलीबीच खेल हुनेछ । यस्तै साउन २६ गते रतनपुर र ढल्केवरबीच खेल हुने तालिका रहेको छ ।










