document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 4235;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
एजेन्सी— अमेरिकामा कोभिड–१९ बाट बुधबार २४ घण्टाको अवधिमा कोभिड–१९ सङ्क्रमण भई अस्पताल भर्ना हुने दरमा ४९ प्रतिशतले वृद्धि भएको न्यूयोर्क टाइम्सद्वारा सार्बजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ ।
यो समयमा ४१ हजार ३१० व्यक्ति सङ्क्रमित भएका छन् । त्यसैगरी यो समयमा कोरोना भाइरसबाट २४९ जनाको मृत्यु भएको छ ।
विगत दुई हप्तामा कोरोनाबाट सङ्क्रमित हुने औसत दरमा १७१ प्रतिशतले वृद्धि भएको पनि बताइएको छ । अमेरिकामा हालसम्म कूल छ लाख नौ हजार ५०८ जनाको निधन भएको छ भने पछिल्लो दुई हप्तामा मृत्यु दर बढेको छ ।
बिहिबारसम्ममा कोभिड–१९ सङ्क्रमित हुनेको कूल सङ्ख्या तीन करोड ४२ लाख २१ हजार ५२६ रहेको छ । अमेरिकामा पूर्ण खोप लगाउनेको सङ्ख्या ४८.८ प्रतिशत पुगेको छ भने एक मात्रा खोप मात्र लगाउनेको सङ्ख्या ५६.३ प्रतिशत पुगेको छ ।
अमेरिकामा वयस्क अर्थात् १८ वर्षभन्दा माथिका कम्तीमा पनि ६८.४ प्रतिशत व्यक्तिले एक मात्रा र दुवै खोप अर्थात् पूर्ण खोप ५९.६ प्रतिशतले लगाइसकेका छन् । अमेरिकामा हालसम्म दुई करोड ९४ लाख ५८ हजार ४०३ कोरोना सङ्क्रमणपछि निको भएका छन् ।
अमेरिकामा ६५ वर्षभन्दा माथिका उमेरकालाई कम्तिमा एक मात्रा खोप ७९.५ प्रतिशत र पूर्ण खोप ८९.२ प्रतिशत दिइएको सिडिसीले जनाएको छ ।










