जनकपुरधाम— नेपाल सद्भावना पार्टीले मधेशीलगायत उत्पीडित समुदायको हकअधिकारका लागि संघर्षरत सबैलाई पञ्जा छापको झण्डा मुनी आउन आह्वान गरेको छ ।

साउन ६ र ७ गते जनकपुरधाममा बसेको पार्टीको केन्द्रीय कार्यसमितको बैठकले मधेशीलगायत उत्पीडित समुदायको हकअधिकारका लागि संघर्षरत सबैलाई नेपाल सद्भावना पार्टी पञ्जा छापको झण्डा मुनी आउन आह्वान गर्दै चार बुँदामा विभिन्न विषयमा निर्णय गरेको छ ।

पार्टीका उक्त निर्णयहरू केन्द्रीय सहमहासचिव नागेन्द्र सिंहले बिहिवार एक प्रेस विज्ञप्ती जारी गर्दै सार्वजानिक गरेका छन् ।

सहमहासचिव सिंहद्वारा जारी प्रेस विज्ञप्तीमा निर्णयको पहिलो बुँदामा भनेको छ- वि.सं. २०४७ साल बैशाख ३ गते स्व.गजेन्द्र नारायण सिंह ज्यूको नेतृत्वमा गठित नेपाल सद्भावना पार्टी मधेशी, आदिवासि जनजाती, थारु, दलित, मुस्लीम, पिछडावर्ग, लगायत उत्पीडित समुदायको हक अधिकारको लागि संघर्षरत रही उत्पीडित समुदायको पार्टी नेसपा पंजा छापको रुपमा देश तथा विदेशमा स्थापित पार्टी गजेन्द्र नारायण सिंह स्वर्गवास पछि अभिभावक विहिन मधेसी लगायत उतपीडित जनताको हक अधिकारका लागि पूनः नेपाल सद्भावना पार्टीको स्थापना भई निर्वाचन आयोगको मिति २०७८ असार २७ गतेका निर्णय अनुसार पंजा छाप चुनाव चिन्हको समेत अधिकारिकता प्राप्त भई सकेकाले समपूर्ण मधेसी लगायत उत्पीडित जनसमुदाय र उत्पीडित जनताको हक अधिकारका लागि संघर्ष गर्ने महानुभावहरुमा पूनः नेपाल सद्भावना पार्टी पंजा छापको झण्डा मुनी आउन आवाहनसहित हार्दिक अपिल गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले पार्टीका केन्द्रीय अध्यक्ष रामकुमार महतोले केन्द्रीय समितिमा गरेको मनोनित अनुमोदन गर्ने निर्णय समेत गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय