document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 4173;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं— एमाले नेता प्रभु साहले ‘आईटी आर्मी’ घोषणा गरेपछि एमालेभित्र हल्लीखल्ली भएको छ । महेश बस्नेतले ‘साइबर सेना’ परिचालन गरेको भनेर आलोचना भइरहेका बेला फेरि पूर्व माओवादी नेता साहले ‘आईटी आर्मी’ घोषणा गरेपछि यसबारे हल्लीखल्ली भएको हो ।
मंगलबार भक्तपुरमा साहले आईटी आर्मी घोषणा गरिरहेका बेला ललितपुरस्थित च्यासलमा एमाले केन्द्रीय कमिटी बैठक बसिरहेको थियो । आईटी आर्मी घोषणा गर्न लागेकोबारे एमाले बैठकमा सहभागी नेताहरुबीच सोधखोज नै भएको थियो ।
कतिपयले साहले घोषणा गरेको ‘आईटी आर्मी’ ले के गर्ने हो ? यसको सङ्गठन कस्तो हुने हो भन्दै चासोपूर्वक सोधखोज गरेको बैठकमा सहभागी एक नेताले बताए ।
त्यसो त माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका साहले आईटी आर्मी घोषणा एमाले नेताहरूलाई जानकारी गराएरै गरेको बुझिएको छ । आईटी आर्मी घोषणा गर्दा पनि उनले एमालेका नेताहरूलाई निम्तो समेत दिएका थिए । तर, साहको निम्तोलाई नेताहरूले महत्त्व दिएको भने देखिएन ।
साहले प्रवक्ता प्रदीप ज्ञवालीदेखि साइबर सेना सञ्चालन गरेका महेश बस्नेत समेतलाई निम्तो दिए पनि कार्यक्रममा कोही सहभागी भएको देखिएन । साहले आईटी आर्मी घोषणा गर्दा पूर्व माओवादी नेताहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट सुमन प्याकुरेल लगायतका नेताहरू भने सहभागी भएका थिए ।
साभारः रातोपाटी










