document.addEventListener('DOMContentLoaded', function () {
const buttons = document.querySelectorAll('.pt-share-action');
buttons.forEach(function(button) {
button.addEventListener('click', function() {
const postID = 4120;
fetch( 'https://sancharbureau.com/wp-admin/admin-ajax.php', { method: 'POST',
headers: { 'Content-Type': 'application/x-www-form-urlencoded' },
body: 'action=pt_increase_share_count' + '&post_id=' + postID } );
});
});
});
काठमाडौं— त्रिभुवन विश्वविद्यालयले मानवशास्त्र विषयको स्नातकोत्तर तहमा भर्ना आह्वान गरेको छ ।
त्रिवि मानविकी तथा सामाजिक शास्त्र संकाय डीनको कार्यालयले आइतबार सूचना जारी गर्दै भर्नाका लागि दरखास्त आह्वान गरेको हो ।
मानवशास्त्र विभागका विभागीय प्रमुख डा. डम्बर चेम्जोङले इच्छुक विद्यार्थीले साउन १८ गतेसम्म र दोब्बर दस्तुर तिरेर २५ गतेसम्म भर्नाका आवेदन दिन सक्ने जनाएका छन् ।
आवेदन दिएका विद्यार्थीका लागि प्रवेश परीक्षा साउन ३० गते हुने र नतिजा भदौ ५ गते गर्ने विभागले उल्लेख गरेको छ । प्रवेश परीक्षामा उत्तीर्ण हुने विद्यार्थीले भदौ १५ गतेभित्र भर्ना हुनुपर्नेछ ।
भदौ १६ गतेदेखि कक्षा शुरु हुने समेत सूचनामा उल्लेख गरिएको छ ।










