काठमाडौँ— राष्ट्रिय जनता पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्षले पनि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।

नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले महन्थ ठाकुरलाई पत्र लेखर विश्वासको मत दिन आग्रह गर्नुभएको थियो ।

जसअनुरूप ठाकुर पक्षका सांसदले शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय भएको सांसद उमाशङ्कर अरगरियाले जानकारी दिनुभयो ।

कांग्रेस र ठाकुर पक्षीय सांसदबीच सङ्घीय संसद् भवनमा भएको छलफलपछि विश्वासको मत दिने निर्णय भएको भएको थियो । ठाकुर पक्षले उठाएको मुद्दामा प्रधानमन्त्री सकरात्मक भएपछि ठाकुर पक्षले मत दिने निष्कर्षमा पुगेको बताइएको छ ।

यसअघि शनिबार जसपाकै उपेन्द्र यादव समूहको संसदीय दलको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको थियो । प्रतिनिधिसभामा जसपाका ३२ जना सांसद हुनुहुन्छ । सो पार्टीको दुवै सदनका सांसदको सङ्ख्या ३५ छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Skip