काठमाडौं— जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष सरकारमा जाने भएपछि महन्थ ठाकुर पक्षलाई साथ दिएका ठाकुर पक्षका पाँच सांसद यादव पक्षमा पुगेका छन् ।

यादव पक्षले शनिबार बोलाएको संसदीय दलको बैठकमा ठाकुर पक्षमा चार सांसद उपस्थित भएका थिए भने एकजना सांसदले बैठकमा उपस्थित नचएपनि  यादव पक्षलाई साथ दिने आवश्वासन दिएका छन् ।

यादव पक्षका नेता मृगेन्द्रसिंह यादवका अनुसार ठाकुर पक्षका प्रमोद साह, अमृताच अग्रहरी, रानी मण्डल, नरमाया ढकाल बैठकमै उपस्थित भए ।

रुही थारुले आफू काठमाडौं बाहिर भएकाले बैठकमा आउन नसकेको जानकारी गराएकी थिइन् ।

यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Skip