जनकपुरधाम— प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्रको इन्ट्री भएको छ ।

प्रदेश नं २ का प्रदेश प्रमुख राजेश झा अहिराजले आन्तरिक मामिला तथा सञ्चरमन्त्री भरतकुमार साहलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले आजै मन्त्री पदमा नियुक्त गर्नुभएका नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता साहलाई प्रदेश प्रमुख झाले मधेश भवनमा आयोजित समारोहमा शपथ गराउनुभएको हो ।

सोही समारोहमा मुख्यमन्त्री राउतले नव नियुक्त आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रूवीकुमारी कर्णलाई पद तथा गोपनियताको शपथ गराउनुभयो ।

प्रदेश सरकारमा माओवादी केन्द्रलाई सहभागी गराउन जनता समाजवादी पार्टीका ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले आजै राजिनामा गर्नुभएको थियो ।

शपथ समारोहमा सभामुख सरोजकुमार यादव, प्रदेश सरकारका मन्त्री, प्रदेश सरकारका पदस्थ उच्च पदाधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय