जनकपुरधाम— प्रदेश २ सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन्।
प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहाले राजीनामा दिएका छन् ।
नेकपा (माओवादी केन्द्र)लाई सरकारमा सहभागी गराउन सत्तारुढ जसपा अध्यक्ष उपेन्द्र यादवले दुवैजनालाई राजीनामा गर्न लगाएका हुन् ।
माओवादीलाई सरकारमा सहभागी गराउन आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय खाली गराएर मन्त्री यादव र राज्यमन्त्री कुशवाहाले राजीनामा दिएका हुन् ।
राजीनामा पत्र मुख्यमन्त्री लालबाबु राउतलाई बुझाइएको राज्यमन्त्री कुशवाहाले जानकारी दिए।
मन्त्री यादव र राज्यमन्त्री कुशवाहा दुवै जसपा उपेन्द्र यादव पक्षका नेता हुन्।
खाली भएको मन्त्रालय माओवादी केन्द्रले पाउने भएका छन् । माओवादी संसदीय दलका नेता भरत साह मन्त्री र सांसद रुबी कर्ण राज्यमन्त्री बन्दैछन् । साह महोत्तरी क्षेत्र १ (१)बाट निर्वाचित र कर्ण सप्तरीकी समानुपातिक सांसद हुन् । आजै दिउँसो ३ बजे शपथ ग्रहणको समय तोकिएको छ ।









