काठमाडौं— नेपाल सद्भावना पार्टीका केन्द्रिय अध्यक्ष रामकुमार महतोले नागरिकताको समस्या रोजी–रोटीसँग जोडिएको बताएका छन् ।
सोमवार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष महतोले नागरिकता प्रमाण–पत्रको समस्या दिन–प्रतिदिन जटिल अवस्थामा गइरहेको उल्लेख गरे ।
उनले भने, ‘नागरिकताको समस्या रोजी–रोटीसँग जोडिएको छ ।’ नागरिकताको समस्या समाधान र समान नागरिकको अधिकारको लागि भएको उनको भनाई थियो ।
उनले नागरिकताको समस्या तत्कालै समाधान गर्न सरकारसँग आग्रह गरे ।









