काठमाडाैं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक इन्जिनियरलाई २० हजार घूससहित पक्राउ गरेको छ।

सार्वजनिक निर्माण कार्यान्वयन इकाई, गजुरी, धादिङमा कार्यरत सवइजिनियर (करार) बिनोद सापकोटालाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

खेलकुद मैदान निर्माण सम्पन्न गरी सो कार्यको लागि धरौटी राखेको रकम फिर्ता लिन घूस मागेको उजुरीको आधारमा उनलाई लिएको २० हजार घूससहित टोलीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय